Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौं आइपिएल उपाधि

दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौं आइपिएल उपाधि

  • बुधवार, कार्तिक २६ २०७७

  • 770
    SHARES

  • दिल्लीलाई हराउँदै मुम्बईले जित्यो पाँचौं आइपिएल उपाधि

    एजेन्सी । मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)) टि–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

    युएईमा गएराति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

    यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । यससँगै मुम्बईले पाँचौपटक आइपिएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आइपिएल जित्ने पहिलो टिम हो ।

    मुम्बईले यसअघि सन् ०१३, १५, १७ र १९ मा उपाधि चुमेको थियो । मुम्बईले लगातार दोस्रो वर्ष आइपिएलको उपाधि जितेको हो । गत वर्षसमेत मुम्बईले उपाधि जितेको थियो । पहिलोपटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ ।

    दिल्ली नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टोली हो ।

     


    बुधवार, कार्तिक २६ २०७७१२:२२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij