Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णालीमा २८ जनाले कोरोना जिते, १४ संक्रमित थपिए

कर्णालीमा २८ जनाले कोरोना जिते, १४ संक्रमित थपिए

  • मंगलवार, आषाढ २३ २०७७

  • 744
    SHARES

  • कर्णालीमा २८ जनाले कोरोना जिते, १४ संक्रमित थपिए

    कर्णालीमा २८ जनाले कोरोना संक्रमण मुक्त हुँदा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् । 

    स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल÷पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १४ संक्रमित थपिएका हुन् । 

    प्रदेश अस्पताल÷पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएका परीक्षणमा सुर्खेतका ८ जना सल्यानका २ जना गरी १० जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३ जना, दैलेख जिल्ला अस्पतालमा परीक्षणमा सुर्खेतका १ जना कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।
     
    यो सँगै कर्णालीका कोरोना संक्रमितको संख्या १५३० पुगेको डा.तिवारीले जानकारी दिए  ।  त्यस्तै, कर्णालीमा मंगलबार २८ जनाले जनाले कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । 


    मंगलवार, आषाढ २३ २०७७०४:१७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij