Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रविको निर्देशन : डीपी–स्वर्णिमजी, म माथि राजनीतिक प्रतिशोध भएको छ भन्ने बुझाउनुस्

रविको निर्देशन : डीपी–स्वर्णिमजी, म माथि राजनीतिक प्रतिशोध भएको छ भन्ने बुझाउनुस्

  • सोमवार, कार्तिक २६ २०८१

  • 590
    SHARES

  • रविको निर्देशन : डीपी–स्वर्णिमजी, म माथि राजनीतिक प्रतिशोध भएको छ भन्ने बुझाउनुस्

    काठमाडौं । सहकारी ठगीको आरोपमा अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् ।

    सोमबार भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए ।

    उनले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए । प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अर्यालले सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताए । आफ्ना सभापति लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उनको टिप्पणी छ ।

     


    सोमवार, कार्तिक २६ २०८१०५:३३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij