Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अब सरकारी कर्मचारीलाई एउटा मात्र सवारी, नयाँ किन्न नपाउने

अब सरकारी कर्मचारीलाई एउटा मात्र सवारी, नयाँ किन्न नपाउने

  • बिहिवार, कार्तिक २७ २०७७

  • 1.4K
    SHARES

  • अब सरकारी कर्मचारीलाई एउटा मात्र सवारी, नयाँ किन्न नपाउने

    काठमाडौं । अब सरकारी कर्मचारीले एउटाभन्दा बढी सरकारी गाडी चढ्न नपाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ०७७–७८ को बजेटमा उल्लेख भएबमोजिम सरकारी खर्च कटौतीको नीति कार्यान्वयन थाल्नुभएको छ ।

    सोहीअनुसार सार्वजनिक निकायका पदाधिकारीले गर्ने सवारी साधनमाथिको खर्चमा अर्थले अंकुश चलाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले ‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, ०७७’ तयार पारेको छ ।

    मापदण्डअनुसार चालु आवमा नेपाल सरकार र वैदेशिक ऋण वा कुनै पनि स्रोतबाट नयाँ सवारी साधन खरिद गर्न पाइने छैन । कुनै पनि सार्वजनिक निकायले नयाँ सवारी साधन खरिद गर्नु परेमा अर्थ मन्त्रालयको अनुमति अनिवार्य लिनुपर्ने भएको छ ।

    सोही कार्यविधिमा टेकेर अब एकजना हाकिमलाई एउटामात्र सवारी साधन प्रदान गर्न लागिएको हो ।

    निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले ल्याएको चालु आर्थिक वर्षको बजेटमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ राख्नुभएको थियो । सोही प्रावधानको कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधि निर्माण गरेको हो ।

    सरकारले वैदेशिक भ्रमणमा हुने स्रोतको खर्चमा समेत कटौती गर्ने भएको छ । कार्यविधिअनुसार अब भिआइपीले हेलिकोप्टर चढेर उठाउने बिलसमेत सरकारले नतिर्ने भएको छ । विपद्, महामारी, उद्धार, शान्ति–सुरक्षा र अति विशिष्ट पदाधिकारी सहभागी हुनुपर्ने विशेष अवस्थामा बाहेक प्रयोग भएको हेलिकोप्टरको बिल सरकारले नतिर्ने कार्यविधिमा उल्लेख छ ।

    यसैगरी, कानूनअनुसार सार्वजनिक पदाधिकारीले राख्नसक्ने निजी सवारी चालक, भान्छे, निजी सहायकलगायत सुविधामा राखिने कामदारलाई अब सरकारले शुद्ध पारिश्रमिक मात्र उपलब्ध गराउने भएको छ ।

    उनीहरुलाई अब पारिश्रमिक बाहेक महङ्गी भत्ता, पोशाक, चाडपर्व खर्चलगायत अन्य प्रकारको सुविधा नपाउने गरी अर्थ मन्त्रालयले कार्यविधि तयार पारेको हो ।

     


    बिहिवार, कार्तिक २७ २०७७०३:३४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij