Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वायु प्रदूषण बढ्दै,वातावरण विभाग के भन्छ ?

वायु प्रदूषण बढ्दै,वातावरण विभाग के भन्छ ?

  • सोमवार, मंसिर १० २०८१

  • 833
    SHARES

  • वायु प्रदूषण बढ्दै,वातावरण विभाग के भन्छ ?

    काठमाडौं।काठमाडौं उपत्यकालगायतका ठाउँमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ ।

    विभागले सुचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने भन्दै त्यस्तो प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो। केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ

    विभागका अनुसार उद्योग कलकारखाना र गाडीबाट निस्कने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो लगायतबाट वायु प्रदूषण भएको हो।

    विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, गाडीको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ।

    वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ। विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

    विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ। अहिले काठमाण्डौ उपत्यकामा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय २० आसपासमा रहेको छ। एक्यूआई एक सयभन्दा माथि पुगेपछि संवेदनशील समूहका मानिसको स्वास्थ्यमा जोखिम हुन्छ।


    सोमवार, मंसिर १० २०८११२:५३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij