Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

  • मंगलवार, आषाढ २३ २०७७

  • 719
    SHARES

  • आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

    काठमाडौँ– नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका १, सुनसरीका ३, मोरङका ६, सप्तरीका ४, महोत्तरीका ९, अछामका ११, बैतडीका ११, डोटीका ७, गोरखाका ३, सिन्धुलीका १, मकवानपुरका ३, बाजुराका ५४, सिन्धुपाल्चोकका १, धादिङका १, भक्तपुरका ४, कास्कीका १, काठमाडौँका १४, ललितपुरका १०, लमजुङका १, नुवाकोटका १, पर्साका १, रामेछापका १ र रुपन्देहीका १ जनामा कोरोना पुष्टि भएको छ।

    यस्तै सर्लाहीका ३, तनहुँका २, बागलुङका १, अर्घाखाँचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५, पाल्पाका २, दाङका ३, रुकुमका ६, बर्दियाका २, सल्यानका ५, सुर्खेतका ८, डडेल्धुराका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यस्तै पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ७ हजार ४९९ पुगेको छ।


    मंगलवार, आषाढ २३ २०७७०५:५७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij