Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 896
    SHARES

  • नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

    काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बसेको छ । बैठक केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

    सचिवालयको ७० औं बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिका बारेमा घनिभूत छलफल हुने जानकारी नेताहरूले दिएका छन् । त्यसका लागि दुवै पक्षले आ–आफ्नो तयारी पनि गरेको बताइन्छ ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्ष गहिरो रूपमा चर्किएका बेला बसेको आजको बैठकलाई महत्वका साथ हेरिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

    यसअघि पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यले ओलीलाई लिखित आग्रह गरेका थिए । तर, बहुमत सदस्यको आग्रह लत्याउँदै ४८ घण्टाको समयसीमामा पनि ओलीले बैठक बोलाएका थिएनन् ।

    त्यसपछि मंगलबार पुनः प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बसेर सचिवालय आह्वानका लागि ओलीलाई बिहीबारसम्म कुर्ने निर्णय गरेकोमा ओलीले त्यसैदिन बैठक आह्वान गरेका थिए ।

    बैठकअघि ओलीले प्रचण्डलाई पत्रमार्फत गुटबन्दी गरेको आरोप लगाएका थिए । प्रचण्डले त्यसको जवाफ पत्रबाटै पनि दिइसकेका छन् ।

    कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकारको भूमिका, पार्टीको कर्णाली प्रदेशमा देखिएको समस्या, पर्सामा भएको घटना र भारतीय रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट लगायतका विषयमा छलफल गर्न बहुमत सदस्यले माग गर्दै आएका थिए ।

    यद्यपि, आजको बैठकमा ओली र प्रचण्डको पत्रका विषयमा मात्र छलफल हुनसक्ने बताइएको छ ।


    शुक्रवार, कार्तिक २८ २०७७०४:५३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij