काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले १९२ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल बनाएको हो । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो।
लुम्बिनीले सुदूरपश्चिम रोयल्सको नाममा रहेको कीर्तिमान तोडेको हो।यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो।