Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनपीएलः कर्णाली याक्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

एनपीएलः कर्णाली याक्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

  • शुक्रवार, मंसिर २१ २०८१

  • 663
    SHARES

  • एनपीएलः कर्णाली याक्सको पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

    काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । त्रिवि मैदानमा चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले ४ विकेट गुमाएर पूरा गर्यो ।

    बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।

    कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै अंक जोडेको छ ।

    यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।


    शुक्रवार, मंसिर २१ २०८११२:४३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij