Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमको फराकिलो जित

जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमको फराकिलो जित

  • बुधवार, मंसिर २६ २०८१

  • 751
    SHARES

  • जनकपुरको अपराजित यात्रामा ‘ब्रेक’, सुदूरपश्चिमको फराकिलो जित

    काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको अपराजित यात्रामा ब्रेक लागेको छ । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।

    सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।

    यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।

    जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
    सुदूरको बलिङसामु आज जनकपुरका ब्याटरसँग कुनै जवाफ थिएन । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूरपश्चिमविरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन ग¥यो ।

    जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुई÷दुई विकेट लिए । सैफ जैब र नरेन साउदले समान एक÷एक विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

    सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह एक रनमा आउट भए ।

    कप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे । जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । समान अंक भएपनि नेटरनरेटमा सुदूरपश्चिम अघि छ ।


    बुधवार, मंसिर २६ २०८११२:३२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij