काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दशौं दिनको दोस्रो खेलमा आज टस जितेर ब्याटिङ गरेको काठमाडौं गुर्खाज १९.२ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो ।
काठमाडौंका लागि तेस्रो क्रममा आएका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । उनले ३९ बलमा १ चौका प्रहार गर्दै अर्जुन साउदबाट स्टम्पिङ आउट भए ।