Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनपीएलः सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

एनपीएलः सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

  • बिहिवार, मंसिर २७ २०८१

  • 647
    SHARES

  • एनपीएलः सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि होडबाट विराटनगर किंग्स बाहिरिएको छ। आज भएको खेलमा पोखरा एर्भेन्जर्ससँग पराजित हुँदै विराटनगर एनपीएलको प्लेअफबाट बाहिरिएको हो ।

    प्लेअफबाट बाहिरिने विराटनगर दोस्रो टिम बनेको छ । यसअघि बुधबार लुम्बिनी लायसन् पनि उपाधि होडबाट बाहिरिएको थियो। आज भएको खेलमा विराटनगर सुपर ओभरमा पोखरासँग १३ रनले पराजित भयो ।

    पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले सुपर ओभरमा मात्र ५ रन जोड्न सक्यो ।सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९ रनको लक्ष्य दिएको थियो ।

    विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आएका थिए । उनले सुरुका २ बलमा लगातार छक्का खाए। तेस्रो बल डट खेलेका सन्दीपले चौथो बलमा चौक खाए। पाँचौँ र छैटौँ बलमा १–१ रन दिए ।

    विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । यसअघि विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।


    बिहिवार, मंसिर २७ २०८१०१:२५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij