काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले चौथो जित निकालेको छ ।
आज भएको खेलमा गुर्खाजले विराटनगर किंग्सविरुद्ध १ विकेटको झिनो जित निकालेको हो । विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य काठमान्डुले ९ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । ३४ बलको सामना गरेका उनले समान २ छक्का र चौका हिर्काए । शंकर रानाले नटआउट १६ रन जोड्दा दीपेश कँडेल पनि ११ रनमा अविजित रहे । रासिद् खानले १४ रन थपे ।
बलिङमा विराटनगरका सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, वसिर अहमद र क्रिस सोलले समान २ विकेट लिए । यो जितसँगै काठमान्डुको प्लेअफ सम्भावना पनि कायमै रहेको छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।