Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप एक जना नेपालीमा मङ्कीपक्स पुष्टि

थप एक जना नेपालीमा मङ्कीपक्स पुष्टि

  • सोमवार, पौष १५ २०८१

  • 546
    SHARES

  • थप एक जना नेपालीमा मङ्कीपक्स पुष्टि

    काठमाण्डौ । थप एक जना नेपालीमा मङ्कीपक्स अर्थात एमपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी गराउनुभयो ।

    उहाँले भन्नुभयो,‘थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।’ गएको पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए ।

    यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको थियो । मङ्कीपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ ।

    सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ, सङक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

    सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्र्पकमा आउँदा तिनका र्‍याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ ।

    यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्छ । बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्छ ।


    सोमवार, पौष १५ २०८१०८:२९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij