Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महिला र पुरुष दुवै टोलीले आज खोखो विश्वकपको फाइनल खेल्दै

महिला र पुरुष दुवै टोलीले आज खोखो विश्वकपको फाइनल खेल्दै

  • आइतवार, माघ ६ २०८१

  • 484
    SHARES

  • महिला र पुरुष दुवै टोलीले आज खोखो विश्वकपको फाइनल खेल्दै

    काठमाडौं । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन्। आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ।

    भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ।

    शनिबार भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो।

    यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन।

    महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो।

     


    आइतवार, माघ ६ २०८१०८:३२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij