Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘मुलुकको अर्थतन्त्र अझै दबाबमै छ’ : अर्थमन्त्री पौडेल

‘मुलुकको अर्थतन्त्र अझै दबाबमै छ’ : अर्थमन्त्री पौडेल

  • बिहिवार, माघ १० २०८१

  • 504
    SHARES

  • ‘मुलुकको अर्थतन्त्र अझै दबाबमै छ’ : अर्थमन्त्री पौडेल

    काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र अझै दबाबमै रहेको बताउनु भएको छ। यद्यपि, सुधारका लागि हरदम प्रयास गरिरहेको उहाँको भनाई छ । राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री पौडेलले निरन्तरको प्रयासपछि केही सफलता पनि प्राप्त गरेको बताउनु भएको हो ।

    उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र दबाबको अवस्थामा छ, यसलाई सुधार गर्न हरदम प्रयारत छौँ, केही सफलता हासिल पनि गरेका छौं । तर, सन्तुष्ट भने छैनौं ।’

    अर्थमन्त्री पौडेलले सरकारले अध्यादेशबाट धेरै कुरा सुधार गर्न खोजेकोले बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताउनुभयो। अहिले धमाधम लगानी विस्तार भइरहेको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो,‘अहिले तरलता विस्तार भइरहेको छ। यसलाई उत्पादनशिल र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यता छ। बैंकले यतातर्फ ध्यान दिनुपर्छ ।’ अर्थमन्त्री पौडेलले बैंकको प्रगति कर्मचारीको प्रतिष्ठासँग जोडिएको भन्दै बैंकको प्रगति पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।


    बिहिवार, माघ १० २०८१०७:३८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij