Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सभापति कपको ट्रफी सार्वजनिक

सभापति कपको ट्रफी सार्वजनिक

  • बुधवार, माघ १६ २०८१

  • 578
    SHARES

  • सभापति कपको ट्रफी सार्वजनिक

    काठमाडौं । राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी प्रतियोगिताको ट्रफी बुधबार सार्वजनिक गरिएको हो ।
    आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवसको अवसर पारेर एक कार्यक्रमका बीच सहिद गेटमा ट्रफी अनावरण गरेको हो । माघ १० गतेदेखि सुरू भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।
    फाइनल खेल बिहीबार हुँदैछ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


    बुधवार, माघ १६ २०८१०५:४२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij