Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवमा ब्याटमिन्टन प्रतियोगिता हुने

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवमा ब्याटमिन्टन प्रतियोगिता हुने

  • आइतवार, माघ २० २०८१

  • 408
    SHARES

  • कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवमा ब्याटमिन्टन प्रतियोगिता हुने

    काठमाडौं। कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, केन्द्रीय समितिको आयोजनामा हुन लागेको व्याडमिन्टन प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको छ । कृषि विकास बैंकको ५८ औं बार्षिक उत्सवको अवसरमा यही माघ २१ गतेबाट कृषि विकास बैंकको ५८ औं बार्षिक उत्सवको अवसरमा माघ २१ गते सोमबारबाट व्याडमिन्टन प्रतियोगीता हुन लागेको हो ।
    केन्द्रीय समितिले आज एक कार्यक्रमको आयोजना गर्दै व्याडमिन्टन प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । माघ २१ गतेदेखि २३ गतेसम्म चन्द्रागिरी नगरपालिका ७ माहांकालको ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगीतामा केन्द्र, उपत्यका र सात वटै प्रदेशका १ सय ३० बढी महिला र पुरुष खेलाडीहरुको सहभागीता रहने छ ।
    ब्याडमिन्टन प्रतियोगीता, मैत्रीपुर्ण र प्रतिस्पर्धात्मक गरेर २ प्रकारले संञ्चालन हुने जनाइएको छ । उद्घाटन शत्रमा कृषि विकास बैंकका संघ संगठनका पदाधिकारी, कृयाशिल, भुपु सिनियरदेखि जुनियर कर्मचारी सम्मको मैत्रीपुर्ण ब्याडमिन्टन खेल हुनेछ । त्यसपछि सातवटै प्रदेशका सहभागी खेलाडीवीच खेल खेलाइने आयोजकले जानकारी दिएको छ । साथै प्रतियोगितामा विभिन्न संघसंस्थाहरु वीच कर्पोरेट स्तरीय प्रतियोगीता संञ्चालन हुनेछ ।
    प्रतियोगितामा विजेता टिमलाई ट्रफीकासाथै मेडल र नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । खेलले कर्मचारीहरुलाई शारिरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत पुग्ने कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणी घिमिरेले बताउनुभयो । प्रतियोगिताको उद्घाटन कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रेम प्रसाद खनालले संयुक्त रुपमा गर्नुहुने छ ।


    आइतवार, माघ २० २०८१०७:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij