Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सामान्य अंकले बढ्यो शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

  • बुधवार, माघ ३० २०८१

  • 429
    SHARES

  • सामान्य अंकले बढ्यो शेयर बजार

    काठमाडौं । बुधबार सामान्य अंकले सेयर बजार बढेको छ । १.८६ अंकले बढेर नेप्से २६८५ अंकमा पुगेको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । मंगलबार ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भएको हो ।
    बुधबार १३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ कम्पनीको मुल्य स्थिर छ । यस दिन विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशतले बढे ।
    जीवन बीमा ०.४८ प्रतिशत बढ्यो । बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घटे ।


    बुधवार, माघ ३० २०८१०३:३०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij