Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जर्जियाको पुनः मतगणना पनि बाइडेन नै विजयी

जर्जियाको पुनः मतगणना पनि बाइडेन नै विजयी

  • शुक्रवार, मंसिर ५ २०७७

  • 1.1K
    SHARES

  • जर्जियाको पुनः मतगणना पनि बाइडेन नै विजयी

    एजेन्सी । अमेरिकाको जर्जियामा भएको पुनः मतगणनामा पनि राष्ट्रपति निर्वाचित जो बाइडेन नै विजयी भएका छन् ।

    जर्जियामा बाइडेनले राष्ट्रपति ट्रम्पलाई १२ हजार २८४ मतले हराउनुभएको हो । बाइडेनका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुनः मतगणनाले नतिजा परिवर्तन नगरेको बताउनुभयो ।

    पुनः मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडेनले कुल मतमा ट्रम्पलाई ०.५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ ।

    रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले जर्जियामा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताउनुभयो ।

     बाइडेनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले गैरजिम्मेवारीपन देखाएको प्रतिक्रिया दिनुभयो ।

    नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडेनले ५९ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ । उहाँले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति निर्वाचित बाइडनले चुनाव हारेको स्वीकार नगर्ने डोनाल्ड ट्रम्पको प्रवृत्तिको निन्दा गरेका छन् । उनले यसले एउटा देशका रूपमा विश्वमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन् । बाइडेनले ट्रम्पलाई अमेरिकाको इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप पनि लगाएका छन् ।

     


    शुक्रवार, मंसिर ५ २०७७०३:२१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij