Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्रियाशील सदस्यताको विवरण मंसिरभित्रै केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

क्रियाशील सदस्यताको विवरण मंसिरभित्रै केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

  • शुक्रवार, मंसिर ५ २०७७

  • 984
    SHARES

  • क्रियाशील सदस्यताको विवरण मंसिरभित्रै केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रयाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्रै केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ ।

    १४ औं महाधिवेशन नजिकिएको भन्दै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो । कांग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ । कोरोना भाइरस महामारीका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए ।

    कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य छन् । यस्तै प्रक्रिया पूरा नगरी क्रियाशील दिइएको पाइएमा त्यो नामावली स्वीकृत नहुने कांग्रेसले बताएको छ ।

     


    शुक्रवार, मंसिर ५ २०७७०४:०२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij