Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिजिले ल्यायो नेपालकै पहिलो १००” मेगास्क्रिन टिभि, के छन् विषेशता ?

सिजिले ल्यायो नेपालकै पहिलो १००” मेगास्क्रिन टिभि, के छन् विषेशता ?

  • शुक्रवार, फाल्गुण २ २०८१

  • 712
    SHARES

  • सिजिले ल्यायो नेपालकै पहिलो १००” मेगास्क्रिन टिभि, के छन् विषेशता ?

    काठमाडौं। विश्वप्रख्यात एवं नेपालकै सबैभन्दा ठुलो एवं १ नं. कम्पनी चौधरी ग्रुप(सि.जि)ले इतिहासमै पहिलोपटक १००” मेगास्क्रिन टिभि नेपाली बजारमा भित्र्याएको छ । 4K QLED+ टेक्नोलोजि प्रयोग गरिएको सो टि.भिको पिक ब्राइटनेस ८०० निट्सको छ। ९०% DCI-P3 कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ Hz रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।

    कम्पनीका अनुसार सि.जी ब्राण्डको टि.भि नेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टि.भि नेपालकै सबैभन्दा ठुलो र पहिलो १००” मेगास्क्रिन टि.भि हो। कम्पनीका अनुसार टि.भिको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ Quad Core A73 प्रोसेसर जडान गरिएको छ त्यसका साथै 3 GB DDR4 RAM+ 32 GB storage पनि छ ।

    कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५०% सम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ। यसमा 60Wको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ ।

    साथै Hands Free Voice Control भएको सो टि.भीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ। जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ ।

    नेपालको इलेक्ट्रोनिक्स बजारमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठाका साथ, सीजी इलेक्ट्रोनिक्सले विगत ४० वर्षदेखि नेपाली जनताको जीवनलाई छुँदै र सुधार गर्दै आएको छ। Full Metal design ले बनेको सो टि.भी तपाईले घरै बसि–बसि cgdigital.com.np बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

    479664881_612134981681925_1254030005890060476_n.jpg


    शुक्रवार, फाल्गुण २ २०८१०२:११:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij