Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारले नाघ्यो २८ सयको विन्दु

सेयर बजारले नाघ्यो २८ सयको विन्दु

  • बिहिवार, फाल्गुण १५ २०८१

  • 475
    SHARES

  • सेयर बजारले नाघ्यो २८ सयको विन्दु

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१५ मा कायम भएको छ ।

    कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भयो । १८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रह्यो ।

    आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.३२ प्रतिशत बढेको छ । मुख्यतः राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाले असल वर्गमा बैंकहरूले छुट्याउनुपर्ने ‘लोनलस प्रोभिजन’ दर १.१० बाट १ प्रतिशतमा झारेपछि यस सेक्टरमा आकर्षण देखिएको छ ।

    यसले बैंकहरुले आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । यहीं कारण बिहीबार यो सेक्टरले छलाङ मारेको हो । यद्यपि बजारका सबै सेक्टर बढेका छन् । बैंकिङ पछि उत्पादन सेक्टर २.९१ प्रतिशत बढ्यो । व्यापार १.२०, अन्य १.०१, निर्जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.९१, जीवन बीमा ०.८१, लगानी १.२५, हाइड्रोपावर १.८०, होटल तथा पर्यटन १.१२, फाइनान्स ०.२८ र विकास बैंक समूह १.५३ प्रतिशत बढे ।


    बिहिवार, फाल्गुण १५ २०८१०३:३६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij