Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले निशुल्क गरेका औषधी छैन् भन्न पाइदैन्-स्वास्थ्य मन्त्री पौडेल

सरकारले निशुल्क गरेका औषधी छैन् भन्न पाइदैन्-स्वास्थ्य मन्त्री पौडेल

  • आइतवार, फाल्गुण १८ २०८१

  • 614
    SHARES

  • सरकारले निशुल्क गरेका औषधी छैन् भन्न पाइदैन्-स्वास्थ्य मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले इलाम अस्पतालको अनुगमन गर्नुभएको छ । आज अस्पतालको अनुगमन गर्दै पौडेलले सरकारले निशुल्क गरेको सबै प्रकारका औषधी पनि अस्पतालमा राख्न निर्देशन दिनुभयो ।

    अनुगमनका क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको औषधि छैन भन्ने गरेको गुनासो बढ्न थालेको बताउँदै अस्पतालले औषधत्री छैन भनेर भन्न नपाइने बताउनु भएको हो ।

    स्वास्थ्य बिमा बोर्डले तोकेका सबै औषधीहरु अस्पतालमा अनिवार्य राख्नु पर्ने बताउँदै उहाँले औषधी छैन् भनेर भन्नु गैरकानुनी हुने बताउनुभयो । नेपाल सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको उल्लेख गर्दै चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको बताउनु भएको छ ।

    बीमाका केही व्यवस्थापनमा समस्या रहेकाले यसलाई सुधार गर्न लागेको उहाँले बताउनुभयो । साथै जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउने समेत उहाँको भनाइ छ । अस्पताल तथा स्वास्थ्य चौकीले आफूले गर्न सक्ने मात्र काम गर्नेगरी मन्त्रालयमा माग गर्नुपर्ने मन्त्री पौडेलले आग्रह गर्नुभएको भएको छ ।


    आइतवार, फाल्गुण १८ २०८१०१:२५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij