Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल राष्ट्र बैंकको गभर्नर बन्न एक दर्जनभन्दा बढी आकाङ्क्षी

नेपाल राष्ट्र बैंकको गभर्नर बन्न एक दर्जनभन्दा बढी आकाङ्क्षी

  • आइतवार, फाल्गुण २५ २०८१

  • 604
    SHARES

  • नेपाल राष्ट्र बैंकको गभर्नर बन्न एक दर्जनभन्दा बढी आकाङ्क्षी

    काठमाडौं । नेपाल राष्ट्र बैंकको अठारौं गभर्नर बन्न एक दर्जनभन्दा बढी आकाङ्क्षीहरूले लबिङ थालेका छन् । अहिले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार रहेकाले ती दलकै आकाङ्क्षीहरू अघि बढेका छन् । प्रतिपक्षी दल माओवादीलगायत भने नयाँ गभर्नरको दौडमा रिङ आउट छन् ।

    राष्ट्र बैंकका सत्रौं गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । अधिकारीको कार्यकाल १ महिना बाँकी छँदै नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएको हो । मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिइसकेको छ ।

    गभर्नर नियुक्ति गर्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति बन्ने व्यवस्था छ । सोहीअनुसार अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय भएको छ ।

    बैंकका सीईओ, नेपाल राष्ट्र बैंकका सञ्चालक, डेपुटी गभर्नर र कर्मचारीदेखि पत्रकारिता क्षेत्रबाट पहिचान बनाएका व्यक्तिहरूसम्म नयाँ गभर्नरको दौडमा छन् ।


    आइतवार, फाल्गुण २५ २०८१०७:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij