Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुधबार नेपाल स्टक एक्सचेञ्जमा सुधार, २५.३१ अंकले बढ्यो बजार

बुधबार नेपाल स्टक एक्सचेञ्जमा सुधार, २५.३१ अंकले बढ्यो बजार

  • बुधवार, चैत्र २० २०८१

  • 521
    SHARES

  • बुधबार नेपाल स्टक एक्सचेञ्जमा सुधार, २५.३१ अंकले बढ्यो बजार

    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । मंगलबार घटेर बन्द भएको नेप्से आज २५.३१ अंकले बढेको छ । आज नेप्से ०.९४ प्रतिशतले बढेर २७०१.४८ विन्दुमा पुगेको छ । आज दिनभरमा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ ।

    आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

    आज १३ वटा समूहमध्ये ११ वटा समूह बढेको छ भने बाँकी २ वटा समूह घटेको छ । आज उत्पादन तथा प्रशोधन समूह १.४३ प्रतिशतले घटेर ७१०५.३९ विन्दुमा आएको छ । आज निर्जीवन बीमा समूह भने ०.२५ प्रतिशतले घटेर १२ हजार २७१.२४ विन्दुमा आएको छ ।

    आज सबैभन्दा बढी ट्रेडिङ समूह ९.४९ प्रतिशतले बढेर ४८८०.०१ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम लघुवित्त समूह ०.१२ प्रतिशतले बढेको छ । त्यस्तै, बैकिङ समूह ०.६१ प्रतिशतले, विकास बैंक समूह ०.५१ प्रतिशतले, फाइनान्स ३.२६ प्रतिशतले, होटल तथा पर्यटन ०.२६ प्रतिशतले, हाइड्रोपावर ०.५४ प्रतिशतले, लगानी १.३९ प्रतिशतले, जीवन बीमा ०.५० प्रतिशतले, म्युचुअल फण्ड ०.६५ प्रतिशतले र अन्य समूह ०.१५ प्रतिशतले बढेको छ ।


    बुधवार, चैत्र २० २०८१०३:३९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij