Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले व्यवसायीहरुलाई भने, ‘संयुक्त प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ’

प्रधानमन्त्रीले व्यवसायीहरुलाई भने, ‘संयुक्त प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ’

  • बिहिवार, मंसिर ११ २०७७

  • 978
    SHARES

  • प्रधानमन्त्रीले व्यवसायीहरुलाई भने, ‘संयुक्त प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९ ले अर्थतन्त्रमा पारेको असरलाई मिलेर नै पराजित गर्न सकिने बताउनुुभएको छ ।
    नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको आज सरकारी निवास बालुवाटरमा उद्घाटन गर्दै उनले संयुक्त प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताउनुुभएको हो ।

    प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएको पनि बताउनुुभएको छ ।उहाँले साधारणसभाले कोभिड –१९ र अबको अर्थतन्त्रको विषयमा गहन छलफल गर्ने र निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुुभएको छ ।

    यसैबीच, वार्षिक साधारणसभामा अध्यक्ष भवानी राणाले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा निकै ठूलो चुनौती रहेको बताउनुुभएको छ ।

    कोरोनाले मानवीय क्षतिसहित विश्व अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको र सोको असर नेपाली अर्थतन्त्रले पनि भोगिरहेको उहाँको भनाइ छ ।

    निजी क्षेत्र संकटमा रहेको भन्दै उहाँले हालको संकट अवस्थामा रहेको अर्थतन्त्रलाई पुनःस्थापित गर्न सरकार र निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिनुुभएको छ ।

    यसैगरी, आजदेखि शुरु भएको साधारण सभामा निर्धारित तालिका अनुसार बन्दसत्र सकिएपछि मंसिर १३ गते नयाँ कार्यसमितिका चुनाव हुने छ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी कार्यकालका लागि अध्यक्ष बन्नुहुने भएको छ ।  

    अन्य बाँकी पदका लागि चुनाव हुने निर्वाचन समितिले बताएको छ । यसपटक महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले उमेदवारी दिनुुभएको छ ।

    यसका साथै, वस्तुगत उपाध्यक्षमा हालका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले उमेदवारी दिनुुभएको छ ।

    त्यसैगरी एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारीले उमेदवारी दिनुुभएको छ ।

     


    बिहिवार, मंसिर ११ २०७७०३:११:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij