Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा दोहोरो अङ्कको सुधार

नेप्सेमा दोहोरो अङ्कको सुधार

  • बुधवार, जेठ १४ २०८२

  • 508
    SHARES

  • नेप्सेमा दोहोरो अङ्कको सुधार

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अङ्कको सुधार आएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.४४ अङ्कले बढेर २ हजार ६९३.०६ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.४८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अङ्कले बढेको छ ।

    बुधवार कारोबारमा आएका ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

    कारोबारमा आएका मध्ये २ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने ग्रिन डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । तर बाराही हाईड्रोपावरको सर्वाधिक घटेर कारोबार भएको छ ।


    बुधवार, जेठ १४ २०८२०५:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij