काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी तोलामा ९५० रुपैयाँ थियो भने आज ९५५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।