Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा उच्च अंकले वृद्धि

नेप्सेमा उच्च अंकले वृद्धि

  • आइतवार, आषाढ १५ २०८२

  • 701
    SHARES

  • नेप्सेमा उच्च अंकले वृद्धि

    काठमाडौ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । नेप्से २६।५३ अंकले बढेर २६२२।२८ विन्दुमा पुगेको छ । आइतबार नेप्से १।०२ प्रतिशतले बढेको छ ।

    दिनभरमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर कारोबार भएको छ । आइतबार १८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर भने रहेको छैन ।

    दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ७५२ पटक शेयर किनबेच भएको छ । आइतबार उत्पादन तथा प्रशोधन बाहेक १२ वटै समूह बढेको छ । बजार बन्द हुँदा सबैभन्दा बढी बैंकिङ समूह २ प्रतिशतले बढेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन ०।०९ प्रतिशतले बढेको छ ।


    आइतवार, आषाढ १५ २०८२०७:५२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij