Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चिनमा रहेका नेपाली समुदायलाई ऊर्जा क्षेत्रमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

चिनमा रहेका नेपाली समुदायलाई ऊर्जा क्षेत्रमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

  • सोमवार, आषाढ १६ २०८२

  • 582
    SHARES

  • चिनमा रहेका नेपाली समुदायलाई ऊर्जा क्षेत्रमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । चीनको भ्रमणमा रहनुभएका मन्त्री खड्काले आज बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा लगानी सुरक्षाको जिम्मा सरकारले लिने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

    सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोमध्ये १५ हजार मेगावाटभन्दा बढी बिजुली भारतलगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको उहाँले बताउनुभयो । हाल नेपालले बङ्गलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाउने मन्त्री खड्काको भनाइ थियो ।

    संसद्मा छलफलका क्रममा रहेको जलस्रोत तथा विद्युत् विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सिर्जना गर्न लागिएको बताउनुभयो । ऊर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको उनको भनाइ थियो ।

    भेटका क्रममा चीनमा रहेका नेपाली समुदायले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । मन्त्री खड्काले नेपाल ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धितर्फ अघि बढ्ने भन्दै लगानी गर्न आह्वान गर्नुभयो ।

     


    सोमवार, आषाढ १६ २०८२०१:३७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij