Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोटेकोशीको बाढीले जलविद्युत आयोजनामा अर्बौंको क्षति

भोटेकोशीको बाढीले जलविद्युत आयोजनामा अर्बौंको क्षति

  • बिहिवार, आषाढ २६ २०८२

  • 847
    SHARES

  • भोटेकोशीको बाढीले जलविद्युत आयोजनामा अर्बौंको क्षति

    काठमाडौं । भोटेकोशीको बाढीले जलविद्युत आयोजनामा अर्बौंको क्षति भएको छ । बाढीको क्षतिका कारण ती आयोजनाको उत्पादन बन्द भएको छ । साथै केही स्थानमा प्रसारण लाइन नै बगाएको छ ।

    रसुवा बाढीले २०० मेगावाट हाराहारीका जलविद्युत आयोजनामा क्षति पुगेको र थप ३५ मेगावाटका दुई आयोजनाको उत्पादन बन्द भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनु भयो । उहाँका अनुसार बाढीपछि करिब २३५ मेगावाट विद्युत् प्रणालीभन्दा बाहिर रहन गएको छ ।

    सबैभन्दा धेरै १११ मेगावाट क्षमताको रसुवागढी आयोजनामा क्षति पुगेको छ । यो आयोजनाको हेडबक्स क्षतिग्रस्त छ । ६० मेगावाटको त्रिशूली ३ ए र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ । क्षति पुगेका अन्य आयोजनामा २१ मेगावाटको तल्लो त्रिशूली, १४ मेगावाटको देवीघाट जलविद्युत छन् । रसुवागढी र चिलिमे निजी क्षेत्र समेतको सहभागितामा निर्माण भएका आयोजना हुन् ।

    त्यस्तै निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली र १०० मेगावाटको सुपर त्रिशूली आयोजनामा पनि क्षति पुगेको छ । त्रिशूली नदी करिडोरको विद्युत् प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारण लाइनमा समेत क्षति पुगेकाले केही दिन उत्पादन–प्रसारण अवरुद्ध हुने र करोडौँको घाटा व्यहोर्नुपर्ने शाक्यले बताउनुभयो ।


    बिहिवार, आषाढ २६ २०८२०३:३९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij