Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरपालिकाले आइतबार बजेट ल्याउने

काठमाडौं महानगरपालिकाले आइतबार बजेट ल्याउने

  • शुक्रवार, आषाढ २७ २०८२

  • 476
    SHARES

  • काठमाडौं महानगरपालिकाले आइतबार बजेट ल्याउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिनुभयो । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने छ ।

    शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्ताव गर्नुभएको हो । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ ।

    राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।


    शुक्रवार, आषाढ २७ २०८२०३:०६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij