Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

  • बिहिवार, श्रावण २२ २०८२

  • 764
    SHARES

  • समय तालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यान्वयन गर्न सचिवहरूलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यान्वयनमा परिणाम निकाल्न पनि निर्देशन दिनुभयो ।

    अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैर कर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१-८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो जुन कूल राजस्वको १०.९ प्रतिशत हो ।

    बैठकमा गैर कर राजस्वसम्बन्धी थप स्रोतहरू पहिचान गरी कार्यान्वयन गर्दै अघि बढ्नेबारे छलफल भएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयहरूका सचिव लगायतको उपस्थिति थियो ।


    बिहिवार, श्रावण २२ २०८२०५:२५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij