एजेन्सी । अमेरिकाले इरानी क्षेप्यास्त्र कार्यक्रमलाई सहयोग गरेको भन्दै चीन र रुसका गरी चार कम्पनीमाथि प्रतिबन्धको घोषणा गरेको छ।
ती कम्पनीहरुले इरानको क्षेप्यास्त्र कार्यक्रमलाई संवेदनशील प्रविधि सामग्री प्रदान गरेर सहयोग गरेको अमेरिकी आरोप छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले चीनका चेङ्दु बेस्ट न्यु मेटेरियल्स र जिबो इल्म ट्रेड साथै रुसका निल्को ग्रुप र जोइन्ट स्टक कम्पनी इलिकन कम्पनीमाथि दुई वर्षको प्रतिबन्ध लगाएको बताएका छन् ।