Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

  • सोमवार, मंसिर १५ २०७७

  • 858
    SHARES

  • कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु, मृतकको संख्या १५ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन्न् भने १९३१ जना निको भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत् रहेको छ ।

    अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ ।

     


    सोमवार, मंसिर १५ २०७७०५:०४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij