Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जेनजी आन्दोलनमा जलेका सवारी साधन लिलाम बिक्री गरिदैं

जेनजी आन्दोलनमा जलेका सवारी साधन लिलाम बिक्री गरिदैं

  • शुक्रवार, पौष ११ २०८२

  • 423
    SHARES

  • जेनजी आन्दोलनमा जलेका सवारी साधन लिलाम बिक्री गरिदैं

    काठमाडौं । जेनजी आन्दोलनमा जलेका सवारी साधन तथा अन्य सम्पत्ति शहरी विकास मन्त्रालयले पत्रुमा लिलाम बिक्री गर्ने भएको छ । ५ असोजको मन्त्रिपरिषद् बैठकको निर्यण अनुसार मिनाहा र लिलाम गर्न बाँकी मन्त्रालय र निकायले मिनाहा प्रक्रिया सम्पन्न गरी पत्रुमा लिलाम गर्न त्यस्ता सामानको सूची शहरी विकास मन्त्रालयमा बुझाउने निर्णय गत सोमबारको सचिव बैठकले गरेको छ ।

    पत्रुमा लिलाम गर्नुपर्ने सामानको एकमुष्ट सूची हस्तान्तरणको पत्र मन्त्रालय र निकायहरूले शहरी विकासलाई बुझाउने र शहरी विकास मन्त्रालयले लिलाम प्रक्रिया सम्पन्न गर्ने निर्णय सो बैठकले गरेको हो । काठमाडौंमा जलेका सवारी साधन बानेश्वरस्थित संसद भवन परिसरमा थुपारिएको छ ।

    बैठकले अहिले सञ्चालनमा रहेका र नयाँ सवारी साधन तथा भवनको अनिवार्य बीमा गर्ने निर्णय समेत गरेको छ । मर्मत गर्न मिल्ने सवारी साधन तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय सचिव बैठकले गरेको छ । आवश्यकता र औचित्यका आधारमा तत्काल नयाँ सवारी साधन खरिद गर्नपर्ने अवस्थामा अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन तथा मार्गदर्शन गर्ने निर्णय समेत भएको छ ।


    शुक्रवार, पौष ११ २०८२०७:५८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij