Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘कार्यकर्ताको बाक्लो उपस्थितिले प्रशासन पछि हट्न बाध्य भयो’

‘कार्यकर्ताको बाक्लो उपस्थितिले प्रशासन पछि हट्न बाध्य भयो’

  • बिहिवार, मंसिर १८ २०७७

  • 962
    SHARES

  • ‘कार्यकर्ताको बाक्लो उपस्थितिले प्रशासन पछि हट्न बाध्य भयो’


    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता र शक्तिको दुरुपयोग गरेर तनहुँको कार्यक्रम रोक्ने काम गरेको तर, कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थितिले प्रशासन हट्न बाध्य भएको बताउनुभएको छ । नेता पौडेलले बुधबार गर्न नपाएको तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल आज उद्घाटन गरेपछि यस्तो बताउनुभएको हो ।

    ‘सत्ता र शक्तिको दुरुपयोग गरी उपभोक्ता समिति , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छाविपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो, उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘आज तनहुँमा कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्नबाट प्रशासन पछि हटेको प्रष्ट छ ।’

    बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी नेता पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले नियन्त्रणमा लिइ तीन घण्टापछि छाडेको थियो ।

    Capture.PNG

     


    बिहिवार, मंसिर १८ २०७७०२:४९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij