Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनले पत्रकारलाई एआई तालिम दिने, कन्टेन्ट क्रिएटरलाई व्यावसायिक पत्रकारितासँग जोड्ने

प्रेस युनियनले पत्रकारलाई एआई तालिम दिने, कन्टेन्ट क्रिएटरलाई व्यावसायिक पत्रकारितासँग जोड्ने

  • बिहिवार, जेठ १४ २०८३

  • 422
    SHARES

  • प्रेस युनियनले पत्रकारलाई एआई तालिम दिने, कन्टेन्ट क्रिएटरलाई व्यावसायिक पत्रकारितासँग जोड्ने


    काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकारलाई कृत्रिम बुद्धिमत्ता ९एआई०, तथ्य परीक्षण, साइबर सुरक्षा तथा डिजिटल दक्षतासम्बन्धी तालिम प्रदान गर्ने भएको छ। साथै न्यु मिडियामा कार्यरत पत्रकार, युट्युबर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट क्रिएटरलाई व्यावसायिक पत्रकारितासँग जोड्न पहल गर्ने निर्णय गरेको छ।
    काठमाडौंमा सम्पन्न युनियनको विधानसभाले समसामयिक राजनीति, पत्रकारिता र प्रेस स्वतन्त्रतासम्बन्धी नौबुँदे घोषणापत्र जारी गर्दै डिजिटल पत्रकारिता र नयाँ प्रविधिमैत्री पत्रकारिता विकासलाई प्राथमिकतामा राखेको उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।
    युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न सभाले डिजिटल पत्रकारिता, मोबाइल पत्रकारिता, डेटा पत्रकारिता, मल्टिमिडिया तथा एआईको जिम्मेवार प्रयोगलाई संस्थागत गर्दै पत्रकारलाई नयाँ प्रविधिसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
    घोषणापत्रमा फेक न्युज, दुष्प्रचार, चरित्रहत्या तथा भ्रामक सामग्री नियन्त्रण गर्दै तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारितालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सञ्चारमाध्यमप्रतिको जनविश्वास अभिवृद्धि गर्न पत्रकारिता आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।

    press  union.jpg
    पत्रकारमाथि हुने आक्रमण, धम्की, गिरफ्तारी, डिजिटल ह्यारेसमेन्ट तथा श्रम शोषणविरुद्ध सशक्त आवाज उठाउने घोषणापत्रमा उल्लेख गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो।
    युनियनको केन्द्रीय तथा प्रदेश समिति र जिल्ला तथा प्रतिष्ठान शाखाको सहभागीतामा भएको सभाले पत्रकारको पेशागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिकको सुनिश्चितता, सामाजिक सुरक्षा, स्वास्थ्य तथा दुर्घटना बीमाका लागि दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
    त्यसैगरी, निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने उद्देश्यले ल्याइएको विभेदकारी विज्ञापन नीति तथा सरकारी विज्ञापन रोक्ने निर्णयप्रति सभा गम्भीर असन्तुष्टि जनाएको छ। प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको आर्थिक स्थायित्व संरक्षणका लागि आवश्यक आन्दोलन, संवाद तथा कानुनी पहल अगाडि बढाइने युनियनले जनाएको छ।
    स्थानीय तथा साना लगानीका सञ्चारमाध्यमलाई कर छुट, सहुलियत ऋण, प्रविधि सहयोग र लोककल्याणकारी विज्ञापनमा प्राथमिकता दिन सरकारसँग माग गरिएको छ।
    सभाले नेपाल प्रेस युनियनलाई अझ सशक्त, समावेशी, लोकतान्त्रिक तथा समयानुकूल संगठनका रूपमा विकास गर्न विधान संशोधन गर्ने निर्णय पनि गरेको महासचिव पौडेलले जानकारी दिनुभयो।


    बिहिवार, जेठ १४ २०८३०९:५४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij