Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

’सिंहदरबार जलाउने अवतारी’को बोलीले नेपालको अस्तित्व नै गम्भीर संकटमाः चित्रबहादुर केसी

’सिंहदरबार जलाउने अवतारी’को बोलीले नेपालको अस्तित्व नै गम्भीर संकटमाः चित्रबहादुर केसी

  • मंगलवार, जेठ १९ २०८३

  • 218
    SHARES

  • ’सिंहदरबार जलाउने अवतारी’को बोलीले नेपालको अस्तित्व नै गम्भीर संकटमाः चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमा विवादका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग करा गर्दै प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइले नेपाली जनतालाई स्तब्ध र आक्रोशित बनाएको उहाँले बताउनुभयो ।
    देशको कार्यकारी प्रमुखबाट यस्तो लज्जास्पद अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको केसीको भनाइ छ । भारतले नेपालको कयौँ भूभाग मिचेको तथ्य सर्वविदितै हुँदाहुँदै उल्टै नेपालले सीमा मिचेको जसरी अभिव्यक्ति दिनु आजसम्मका कुनै पनि शासकले नगरेको राष्ट्रद्रोही कदम भएको उहाँले टिप्पणी गर्नुभयो । भारतीय पक्षले समेत भन्न नसकेको कुरा देशको प्रधानमन्त्रीले बोल्नुले गम्भीर संशय पैदा गरेको केसीले उल्लेख गर्नुभयो ।
    सिंहदरबार जलाउने धम्की दिने ’अवतारी’ हरूले नसोची बोल्दा नेपालको अस्तित्व नै संकटमा परेको र यसले भारतीय शासक वर्गलाई फाइदा पु¥याएको उहाँले आरोप लगाउनुभयो । भारतको थिचोमिचोविरुद्ध उभिनुको साटो उनीहरूकै अनुकूल बोल्नुले प्रधानमन्त्रीको नियतमाथि ठूलो प्रश्न उठेको केसीले प्रष्ट पार्नुभयो ।
    अर्को प्रसङ्गमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लक्षित गर्दै केसीले नेताहरूमाथि पाँच–पाँचवटा मुद्दा लाग्ने परिस्थिति बन्नु विडम्बनापूर्ण भएको बताउनुभयो । वर्तमान राजनीतिक घटनाक्रमले देश नेपाली नेताहरूले नभई विदेशी शक्ति केन्द्रहरूले चलाइरहेको कुरा पुष्टि गरेको दाबी समेत उहाँले गर्नुभयो ।


    मंगलवार, जेठ १९ २०८३०९:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij