Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकी आरोप, ‘चीन लोकतन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’

अमेरिकी आरोप, ‘चीन लोकतन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.9K
    SHARES

  • अमेरिकी आरोप,  ‘चीन लोकतन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा’

    एजेन्सी । अमेरिकाले चीन लोकतन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा भएको बताएको छ । एक वरिष्ठतम गुप्तचर अधिकारीमार्फत अमेरिका यस्तो निष्कर्षमा पुगेको हो ।

    द वाल स्ट्रिट जर्नलमा लेख लेख्दै वरिष्ठ अधिकृत जोन ¥याटक्लिफले द्वितीय विश्वयुद्धयता चीन “प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा” भएको बताएका छन् ।

    ‘चीनले अमेरिकाका गोप्य सूचना चोर्ने गरेको छ । साथै, बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै उसले आफ्नो सामर्थ्य बढाइरहेको छ’, उनले लेखेका छन् ।

    अमेरिकाको पछिल्लो पछिल्लो आरोपबारे चीनले भने कुनै प्रतिक्रिया दिइसकेको छैन ।

    यद्यपि आफ्ना सामानमाथि शुल्क लगाउने र अमेरिकी बजारबाट आफ्नो दूरसञ्चार कम्पनी ह्वावेईलाई टाढा राख्ने अमेरिकी प्रयासप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ ।

    चिनियाँ सामानमाथि शुल्क थप्दै ट्रम्प प्रशासनले चीनप्रति कडा नीति अवलम्बन गरेको छ । साथै, बौद्धिक सम्पत्ति चोरी गरेको आरोपसमेत बेइजिङमाथि लगाउँदै आएको छ ।

    ¥याटक्लिप लेख्छन्, ‘बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र आर्थिक, सैनिक तथा प्राविधिक रूपले विश्वमाथि हावी हुन खोजिरहेको छ ।’

     


    शुक्रवार, मंसिर १९ २०७७११:२१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij