Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालेनको सीमासम्बन्धी अभिव्यक्ति निन्दनीय, सरकार राष्ट्रघाती सावितः महेश बर्तौला

बालेनको सीमासम्बन्धी अभिव्यक्ति निन्दनीय, सरकार राष्ट्रघाती सावितः महेश बर्तौला

  • बुधवार, जेठ २० २०८३

  • 213
    SHARES

  • बालेनको सीमासम्बन्धी अभिव्यक्ति निन्दनीय, सरकार राष्ट्रघाती सावितः महेश बर्तौला

    नेकपा एमालेका नेता महेश बर्तौलाले प्रधानमन्त्री बालेन शाहले सीमाका विषयमा दिएको अभिव्यक्ति अत्यन्तै निन्दनीय भएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै उहाँले उक्त अभिव्यक्तिको जति भत्र्सना गरे पनि नपुग्ने टिप्पणी उहाँले गर्नुभयो।
    नेता बर्तौलाले नेपालले भारतको एक इन्च जग्गा पनि नमिचेको प्रस्ट पार्दै देशको सीमाजस्तो संवेदनशील विषयमा यसरी हल्का रूपमा बोल्नु सामान्य नभएको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको सो अभिव्यक्ति अपरिपक्व, अज्ञानता र कूटनीतिक कमजोरीको उपज भएको ठहर गर्दै उहाँले यस विषयमा सरकारले चाँडै जवाफ दिनुपर्ने माग गर्नुभयो।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू प्रधानमन्त्रीको भनाइलाई साँचो तुल्याउन लागिपरेको उहाँको आरोप छ। बिना कुनै तयारी अघिल्लो दिन भारतको पक्षमा बोल्ने र भोलिपल्टै रवि लामिछाने भारत भ्रमणमा जानुले भारतलाई रिझाउन दुवै जनाबीच प्रतिस्पर्धा भइरहेको दोएको समेत बर्तौलाले दाबी गर्नुभयो। यस कदमले विश्वमा नेपालको छवि अत्यन्तै नकारात्मक बनाएको उहाँको भनाइ छ। वर्तमान सरकार राष्ट्रघाती सावित भइसकेकाले मुलुकमा थप क्षति हुन नदिन सरकारले आफ्नो गल्ती स्वीकार गरी तत्काल क्षमायाचना गर्नुपर्ने बर्तौलाले बताउनुभयो।


    बुधवार, जेठ २० २०८३०९:५१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij