Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

महाधिवेशन अघि सदस्यता अद्यावधिक गरिँदैन, नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्छः नेता घिमिरे

महाधिवेशन अघि सदस्यता अद्यावधिक गरिँदैन, नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्छः नेता घिमिरे

  • शनिवार, जेठ २३ २०८३

  • 184
    SHARES

  • महाधिवेशन अघि सदस्यता अद्यावधिक गरिँदैन, नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्छः नेता घिमिरे

    काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता श्याम घिमिरेले समय थप गरिए पनि महाधिवेशन अगाडि पार्टीको सदस्यता अद्यावधिक नगरिने स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै उहाँले नेतृत्वले सबै पक्षलाई समेटेर मिलाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । पार्टीभित्र मतभेद रहे पनि आफू कुनै पनि हालतमा पार्टी विभाजन गर्ने पक्षमा नरहेको नेता घिमिरेले प्रष्ट पार्नुभयो ।
    आन्तरिक एकता बलियो बनाउन नेतृत्व जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । यसै गरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण र त्यहाँ उहाँलाई गरिएको स्वागतलाई सकारात्मक रूपमा लिन सकिने उहाँले बताउनुभयो । यद्यपि, औपचारिक स्वागतकै भरमा मात्र दुई देशबीचका सबै समस्याहरू तत्कालै समाधान भइहाल्छन् भनेर विश्वास गरिहाल्न नसकिने उहाँको तर्क छ ।

    अर्को प्रसङ्गमा नेता घिमिरेले प्रधानमन्त्री बालेन शाहले संसद्मा सम्बोधन गर्ने क्रममा कतिपय विषयमा सन्तुलन गुमाएको वा चिप्लिएको टिप्पणी समेत गर्नुभयो ।

     


    शनिवार, जेठ २३ २०८३०९:३५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij