Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

जेन्जी आन्दोलनको एक वर्षः मागहरू अझै पूरा भएनन्, आन्दोलन हाइज्याक भएको अभियन्ता पाण्डेको आरोप

जेन्जी आन्दोलनको एक वर्षः मागहरू अझै पूरा भएनन्, आन्दोलन हाइज्याक भएको अभियन्ता पाण्डेको आरोप

  • मंगलवार, भाद्र २३ २०८३

  • 59
    SHARES

  • जेन्जी आन्दोलनको एक वर्षः मागहरू अझै पूरा भएनन्, आन्दोलन हाइज्याक भएको अभियन्ता पाण्डेको आरोप

    काठमाडौं । जेन्जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भए पनि आन्दोलनकारीका मुख्य मुद्दाहरू अझै पूरा हुन नसकेको आन्दोलनकी अभियन्ता तनुजा पाण्डेले बताएकी छन्।
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै अभियन्ता पाण्डेले जेन्जी आन्दोलनको फाइदा उठाएर केही पक्षले विध्वंस मच्चाएको र आन्दोलनलाई ’हाइज्याक’ गरेको आरोप लगाएकी छन्। वर्तमान सरकारले जनतामा केही गर्छु भन्ने आशा जगाए पनि यस सरकारबाट जेन्जी आन्दोलनका मागहरू पूरा हुन नसकेको उनको भनाइ छ।
    दुर्गम तथा पिछडिएका क्षेत्रबाट आन्दोलनमा ठुलो सहभागिता रहे पनि सरकारले उनीहरू प्रति कुनै वास्ता नगरेको पाण्डेले बताइन्। सरकारले विद्यार्थीहरूको सङ्गठित हुन पाउने अधिकार समेत खोसेकाले आन्दोलनका माग पूरा भयो भन्न नमिल्ने उनको दाबी छ।
    यस आन्दोलनका क्रममा ७६ जनाले बलिदान दिएको र घाइतेहरू अझै पूर्ण रूपमा निको हुन नसकेको उल्लेख गर्दै उनले आन्दोलन सफल भयो कि भएन भन्ने कुरा अहिले सरकारको नेतृत्वमा रहेका जेन्जी आन्दोलनका सहयात्रीहरूलाई नै सोध्न समेत आग्रह गरेकी छन्।

     


    मंगलवार, भाद्र २३ २०८३०७:५५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij