काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ लाख २७ हजार नाघेको छ । आज थप १६ सय २८ जना संक्रमित डिस्चार्ज भएसंगै निको हुनेको कुल संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाभएको छ ।
यस्तै आज थप १ हजार १४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्मसंक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । हाल देशभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय २७ जना क्वारेन्टिनमा छन् ।