काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुअघि मन्त्रिपरिषद्को नियमित बैठक सम्पन्न भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।बैठक करिब १ घण्टामा सकिएको थियो ।
प्रधानमन्त्री ओलीले ११ बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको बताइएको भए पनि राप्रपालाई भने छुटाइएको छ ।
पछिल्लो समयमा राजावादीको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।