Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक, को–को छन् बैठकमा ?

बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक, को–को छन् बैठकमा ?

  • मंगलवार, मंसिर २३ २०७७

  • 1.6K
    SHARES

  • बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक, को–को छन् बैठकमा ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । त्यसमा कमल थापा नेत्तृत्वको राप्रपा भने छुटेको छ ।

    मुलुकको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरले आफूहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएका छन् ।

    बैठकमा प्रधानमन्त्री शर्मा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेस वष्ठि नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेकपा उपाध्यक्ष वामदेव गौतम र नेमकिपाका नेता प्रेम सुवाल उपस्थित छन् ।

    साथै, कांग्रेस नेताहरु डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवलगायत १५–१६ जना नेताको उपस्थिति रहेको छ ।

    सर्वदलीय बैठकबारे नेकपा स्थायी कमिटी बैठकमा पनि कुरा उठेको थियो । यसअघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा कायम रहेको सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।


    मंगलवार, मंसिर २३ २०७७११:४८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij