Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्छ’

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्छ’

  • मंगलवार, मंसिर २३ २०७७

  • 1.1K
    SHARES

  • सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने, ‘संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी गतिविधि गर्नेविरुद्ध एकजुट हुन आह्वान गर्नुभएको छ । आज बालुवाटारमा भएको सर्वदलीय छलफलमा उहाँले संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्ने बताएको बैठकमा सहभागि नेकपाका एक नेताले जानकारी दिनुभयो ।

    आजको छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरुका नेता उपस्थित छन् ।

    बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, कांग्रेस वष्ठि नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेकपा उपाध्यक्ष वामदेव गौतम, नेमकिपाका नेता प्रेम सुवाल उपस्थित छन् ।

    साथै, कांग्रेस नेताहरु डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत १५–१६ जना नेताको उपस्थिति छ ।

    विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, छिमेकी देशसँगको सम्बन्ध तथा राजावादीको प्रदर्शनका विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।

    यसैबीच, आफ्नो लिखित धारणा राखेर कांग्रेस सभापति देउवा बाहिरिनुभएको छ ।

    विगत केही महिना यता देशका विभिन्न स्थानमा राजावादीहरुको प्रदर्शन भइरहेको छ । प्रदर्शनमा सहभागिहरुले राजतन्त्र पुनस्र्थापनाको माग राखिरहेका छन् ।

     


    मंगलवार, मंसिर २३ २०७७०१:१८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij