Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बाइडेनको घोषणा, ‘सय दिनमा १० करोड कोरोना खोप उपलब्ध गराउँछु’

बाइडेनको घोषणा, ‘सय दिनमा १० करोड कोरोना खोप उपलब्ध गराउँछु’

  • बुधवार, मंसिर २४ २०७७

  • 1.0K
    SHARES

  • बाइडेनको घोषणा, ‘सय दिनमा १० करोड कोरोना खोप उपलब्ध गराउँछु’

    एजेन्सी। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा कोरोना भाइरसविरुद्धको १० करोड खोप उपलब्ध गराउने योजना अघि सारेका छन् ।

    आफ्नो कार्यकालमा कोभिड–१९ नियन्त्रणका लागि काम गर्ने प्रतिबद्धता जनाएका बाइडेनले कोभिड नियन्त्रणका लागि स्वास्थ्य टिम घोषणा गरिसकेका छन् । उनले खोप तयार पार्ने फाइजर र बायोन्टेकलाई स्वीकृति प्रदान गर्न मार्ग प्रशस्त गर्ने पनि बताएका छन् ।

    पत्रकार सम्मेलनमा क्रममा बाइडेनले क्यालिफोर्नियाको महान्यायाधीवक्ता जेभियर बेसेरालाई स्वास्थ्य सचिव र रोग नियन्त्रण तथा रोकथाम केन्द्र प्रमुखमा रोशेल वालेन्स्कीलाई नियुक्त गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

    आफ्नो सय दिने कार्यकालमा कोभिड नियन्त्रणमा नआउने बताउँदै यसको नियन्त्रणका लागि ठोस उपाय अवलम्बन गरिने वचन दिएका छन् । यसका लागि अमेरिकी कँग्रेसले साथ दिनुपर्ने उनको धारणा छ ।

     


    बुधवार, मंसिर २४ २०७७१२:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij