Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण, आफ्नो स्वास्थ्य अवस्थाबारे के भन्छन् उनी ?

काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण, आफ्नो स्वास्थ्य अवस्थाबारे के भन्छन् उनी ?

  • शनिवार, मंसिर २७ २०७७

  • 1.0K
    SHARES

  • काँग्रेस नेता सिटौलालाई कोरोना संक्रमण, आफ्नो स्वास्थ्य अवस्थाबारे के भन्छन् उनी ?

    काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रवार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् नेता सिटौलाले जानकारी गराउनुभएको छ ।

    कोरोना संक्रमण भए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको सिटौलाले उल्लेख गर्नुभएको छ । आफ्नो सम्पर्कमा रहेकालाई भने परीक्षण गर्न र सावधानी अपनाउन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

    ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड –१९ को पिसिआर परीक्षणबाट कोरोना भाइरस पोजिटिभ देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानी अपनाउनु हुन अनुरोध गर्दछु’, उहाँले लेख्नुभएको छ ‘मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।’

    Capture.PNG

     


    शनिवार, मंसिर २७ २०७७११:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij